काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले बढेर प्रतितोला ७६ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९ रुपैयाँ कायम गरेको छ ।