×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Ground Zero : विदेशी पर्यटक नहुँदा पोखराको ‘हरिबिजोग’, टाउको कन्याउँदै बस्छन् व्यवसायी… (भिडियो रिपोर्ट)

काठमाडौँ । पोखरामा आजकल भ्रमणका लागि आउने पर्यटकहरुको संख्या निकै कम छ । त्यसमाथि पनि विदेशी पर्यटकको संख्या त झन् कम भएको छ । र त आजकल पोखरा वरपर विदेशीभन्दा बढी नेपाली पर्यटक बढी देखिन्छन् । होटलहरु ‘सुख्खाराम’ भएका छन् । गाइडहरु ‘भुक्काराम’ भएका छन् । व्यापार अचाक्ली घटेको छ । होटलहरु सुनसान छन् । 
शुक्रबार हामी पोखरामा पर्यटक कतिको छन् भनेर डुल्न हिड्यौं । साँझको समयमा पोखरामा पहिलाको जस्तो रौनक थिएन । रात छिप्पीदै जाँदा गज्जबसँग जम्ने पोखरामा पूरानो उल्लास छैन । रातको समयमा पनि सुन्दर पोखरामा विदेशी पर्यटक छैनन् । शनिबार पनि स्थिति उस्तै देखियो । बरु नेपाली पर्यटक देखिए, विदेशी निकै कम भेटिए । धेरैले यसलाई कोरोनाको प्रभाव भनेका छन् । तर कतै न कतै नीतिगत समस्याका कारण पनि पोखराको पर्यटन खस्किएको धेरैको विश्लेषण छ ।
जे भएपनि नेपालको पर्यटनको महत्वपूर्ण हिस्साको रुपमा रहेको पोखराको यो हविगत सुधार्न सरकारले समयमा नै सोच्न जरुरी छ । हेर्नुहोस् भिडियो रिपोर्ट:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: