×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विष्फोट, यस्तो छ विस्तृत विवरण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Breaking : गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विष्फोट, यस्तो छ विस्तृत विवरण !

२८ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ७० करोड घुस काण्डमा मुछिएपछि राजिनामा दिन बाध्य भएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विष्फोट भएको छ । विस्फोबाट घरको सिसाहरु फुटेका छन् । विस्फोटबाट छिमेकीको घरहरुमा समेत क्षति भएको छ । घटना विहान ७ :५० बजेतिर प्रहरीलाइ सूचना आएको भक्तपुरका प्रहरी प्रमुख सबिन प्रधानले जानकारी दिए । 
उनको घरको भित्तामा प्रेसर कुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ । विस्फोट स्थलमा यत्तिखेर सर्वसाधरणहरुको भिड लागेको छ भने प्रहरी पनि पुगिसकेको छ । विस्फोट कसले  गराएको हो खुलिसकेको छैन । यस विषयमा थप अनुसन्धान भईरहेको छ । यद्यपी बिष्फोट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ताले गराएको हुन सक्ने अनुमान गरिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी