Skip to content
LAXMI SUNRISE BANK

गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर हात पर्ने आज अन्तिम दिन

अर्थ सरोकार

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले उक्त सेयर जारी गर्न बिहिबार (फागुन २२ गते, एक दिन) बुक क्लोज गर्ने भएको छ । यस अनुसार, कम्पनीले उक्त हकप्रदमा फागुन २१ गते (आज)सम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरीसकेको छ। इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याउन लागेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK