काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजनपछि प्रतिकित्ता ४७० रुपैयाँलाई आधार मानेर बिहीबार कारोबार खुल्ला भएको छ ।
गुराँस लाइफ इन्स्योरेन्सले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो नेपाल धितोपत्रले यस कम्पनीलाई १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ ।
हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्