×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि हेटौंँडाबाटै ‘कोभिड-१९’को परीक्षण हुने, प्रदेश २ का केहि स्थानलाई पनि सहज !

GLOBAL IME BANK

आजदेखि हेटौंँडाबाटै ‘कोभिड-१९’को परीक्षण हुने, प्रदेश २ का केहि स्थानलाई पनि सहज !

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कोरोना भाइरस हेटौंँडाबाट पनि हुने भएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरसको परीक्षण हुने जानकारी दिएका छन् । हेटौंँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने मन्त्री दुलालले बताए । जससँगै अब सोही ठाउँमा स्वाब संकलन गरी परीक्षण गर्ने र संक्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिएको पनि उनले जानकारी दिए । 
प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटौंडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको मन्त्री दुलालले बताए । साथै उनले सबै आइसोलेशन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको पनि जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: