×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको कहर : पाँच तारे होटेल पनि बन्द हुने, हायात ६ साताका लागि बन्द हुँदै, अरुको के छ अवस्था ?

PRIME CA

कोरोनाको कहर : पाँच तारे होटेल पनि बन्द हुने, हायात ६ साताका लागि बन्द हुँदै, अरुको के छ अवस्था ?

६ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । होटल हायात आगामी ६ साताका लागि बन्द हुने भएको छ । पाँच तारे होटलमध्येको होटल हायात आगामी ६ साताका लागि बन्द गरिने हायात ब्यवस्थापनले जनाएको छ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण जोखिमलाई ध्यानमा राख्दै होटल बन्द गरिने बताइएको छ । यता बत्तीसपुतलीस्थित होटल द्वारिकाजले पनि आफ्नो सेवा बन्द गरेको जनाएको छ भने होटल सोल्टीका पनि दुई वटा विङमध्ये एउटा बन्द भइसकेका छन् । अन्य पाँच तारे होटलले पनि ब्यवसाय बन्द गर्ने भएका छन्।
होटल र्याडिसनले पनि भोलि सञ्चालक समितिको बैठक बसेर बन्द गर्ने निर्णय भएको बताइएको छ । अन्नपुर्ण र याक एण्ड यति होटलले पनि अहिले कर्मचारीसँग छलफलका क्रममा रहेका छन् । 
सरकारले कोरोना भाइरसले विश्वएव्यापी रुप लिएपछि विभिन्न कुरामा प्रतिबन्ध लगाएको छ । आजबाट सुरु हुने भानिएको एसईई परिक्षा स्थगित भएको छ भने विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित गरिएको छ । लोक सेवा आयोगले पनि चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । सरकारले बुधबार २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएको छ । यस्तै  सर्वसाधारणलाई भिडभाड हुने ठाउँमा नजान अपिल गरेको छ । मनकामना केबुलकारले पनि सेवा बन्द गरेको छ। सरकारले शुक्रबारबाट सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल बन्द गर्ने निर्णय गरेको थियो ।  कोरोना प्रभावित ५५ देशबाट नेपाल आउन पनि रोक लगाएको छ । फिल्म हल, जिम र डान्सबार बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: