×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालले पनि केहि सिक्ने कि ? भारत सरकारले लकडाउनमा बसेका ८० करोडलाई ३ महिनासम्म नि: शुल्क रासनपानी दिने !

LAXMI SUNRISE BANK

नेपालले पनि केहि सिक्ने कि ? भारत सरकारले लकडाउनमा बसेका ८० करोडलाई ३ महिनासम्म नि: शुल्क रासनपानी दिने !

१३ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत भारतका ८० करोड बासिन्दालाई आगामी तीन महिनासम्म नि: शुल्क चामल, गहुँ र दाल दिने भएको छ । तीन महिनासम्म पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल भारत सरकारले तीन महिनासम्म निशुल्क दिने भएको हो। 
यस्तै भारत सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ । जसबाट ८/७ करोड किसानलाई राहत मिल्ने बताइएको  छ । मनरेगा योजना अन्तर्गत १८२ स्थानमा दैनिक २०२ रुपैयाँको रोजगारी दिएर ५ करोडलाई लाभा पुर्याउने योजना भारत सरकारले थालेको छ । सिनियर सिटिजन्स तथा गरीब,विधवा र अपांगता भएका व्यक्तिलाई तीन महिनासम्म १ हजारको दरले नगद दिने घोषणा गरेको छ । यस्तै उज्जवला योजना अन्गर्त ८ करोड महिलालाई ३ महिनासम्म खाना पकाउने ग्यास निशुल्क दिने घोषणा भारत सरकारले गरेको छ । कर्मचारीले संचय कोषमा जम्मा भएको रकममा ७५ प्रतिशत वा तीन महिनाको पैसा निकाल्न सक्ने र यसलाई फिर्ता गर्नु नपर्ने घोषणा गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन सातासम्म लकडाउनको घोषणा गरेका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमणका ६ सय ८० बिरामी भेटिइसकेका छन् भने १३ जनाको ज्यान गइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी