
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट ८ जनाको ज्यान गएको छ । सोमबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो । उनको मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको हो । योसँगै भारतमा मृत्यु हुनेको संख्या ८ पुगेको हो ।
कोरोना भाइरसको कारण मुम्बईमा मात्र तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतको सरकारले भने उनको मृत्यु कोरोना भाइरसकै कारण गएको हो भन्ने पुष्टि गरेको छैन । उनलाई पहिला नै दम र मधुमेहको रोग रहेको बताइएको छ । भारतमा यो भाइरसको संक्रमण अहिलेसम्म ४२५ जनामा देखिएको छ ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र १५ नयाँ संक्रमित फेला परेका बताइएको छ भने मुम्बईमा १४ नयाँ संक्रमित र पुणेमा १ जना फेला परेको बताइको छ । पछिल्ला दिनहरुको कोरोना भाइरसले तीव्र महामारीको रुप लिएको छ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ हजार नजिक पुगेको छ । जससँगै आज सोमबार नेपालमा पनि फ्रान्सबाट कतार हुँदै आएकी एक महिलामा कोरोना भएको स्वस्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्