×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाईरसको कहर : भारतमा एक महिलासहित मृत्यु हुनेको संख्या ३ पुग्यो, कति छन् संक्रमित ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना भाईरसको कहर : भारतमा एक महिलासहित मृत्यु हुनेको संख्या ३ पुग्यो, कति छन् संक्रमित ?

Artha Sarokar

४ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुने संख्या ३ पुगेको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा ६४ वर्षीय एक वृद्धको मृत्युसँगै यो संख्या बढेर ३ पुगेको भारतको स्वास्थ्य विभागले जनाएको हो । यसअघि भारतको कर्नाटकमा ७६ वर्षीय पुरुष र नयाँदिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो ।
भारतको स्वास्थ्य विभागका अनुसार कोरोना भाइरसको संक्रमणबाट भारतमा हालसम्म १२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका छन् । जसमध्ये तीनजना विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी