×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्सिङ लाइसेन्स पास गर्न रजिष्ट्रारका नाम जोडेर यसरी मागियो ३ लाख घुस…! घुस बुझाउने माध्यम ‘आइएमइ’ (प्रमाणसहित)

PRIME CA

नर्सिङ लाइसेन्स पास गर्न रजिष्ट्रारका नाम जोडेर यसरी मागियो ३ लाख घुस…! घुस बुझाउने माध्यम ‘आइएमइ’ (प्रमाणसहित)

२९ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जताततै भ्रष्टाचार, जताततै घुसखोरी, नेपालको नियति नै यस्तै भइसकेको छ । यहाँसम्मकि नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै काउन्सिलकै एक जिम्मेवार भनिएकी सदस्यले विद्यार्थीसँग घुस मागेको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । काउन्सिलको सदस्यमा निर्वाचित जिता बरालले विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन ३ लाख घुस मागेको मेसेन्जर च्याट बाहिर आएसँगै यो रहस्यको खुलासा भएको हो ।
जिता बरालकै म्यासेन्जरमा घुसको बार्गेनिङ भएको छ । जहाँ रजिष्ट्रार विन्दा घिमिरको नाम समेत जोडिएको छ । च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरेले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन । 
ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । अझ रमाइलो क्रुआ त उनले आफूलाई भ्रष्टाचारविरूद्धको अभियन्ता भनेर चिनाउने गरेको देखिएको छ । 
ती विद्यार्थी र जिता बरालकोबीचमा च्याटमा भएको कुराकानी पढ्नुहोस् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: