
काठमाडौं – युनाइटेड इदी मर्दी हाइड्रोपावरले ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपिओ बिक्री गर्ने भएको छ। कम्पनीले चैत १० गतेदेखि उक्त आईपिओ बिक्री गर्ने भाको हो ।
युनाइटेडले पहिलो चरणमा कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि मात्र आइपीओ निष्काशन गर्न लागेको हो । अर्को चरणमा भने सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ। उक्त आइपीओ बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ भने लगानीकर्ताहरुले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन ।
सो आईपिओमा छिटोमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपिओ बिक्री नभएमा वैशाख ९ गतेसम्म आवेदन दिन पाइनेछ। लगानीकर्ताले आइपीओमा एनएमबि बैंक, गण्डकी विकास बैंक र कैलाश विकाश बैंकको पोखरास्थित हेम्जा शाखा कार्यालयबाट आवेदन दिनुपर्नेछ। साथै पोखरा फाइनान्सको माछापुच्छ्रे गाउँपालिका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्