काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । पोखरेलले बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार अपराह्न ३ बजे बोलाएका हुन्।
विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे बैठकमा छलफल गर्नचारवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ । पोखरेलले सरकारको पूर्वतयारी र अन्य दलका सुझाव लिन सर्वदलीय बैठक बोलाएका हुन् । कोरोना सम्बन्धि पुर्वतयारी नगरेको भन्दै प्रतिपक्षीलगायतले उक्त कार्यमा केन्द्रित हुन आग्रह गरिरहेका छन् ।
हाल एक सयभन्दा बढी मुलुकमा कोरोना भाइरस फैलिईसकेको छ भने चार हजार बढी व्यक्तिको मृत्यु पनि भईसकेको छ। नेपाल सरकारले पनि कोरोना नेपालमा नभित्रियोस् भन्ने उदेश्यले विभिन्न मुलुकका नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको छ। साथै श्रम स्वीकृति दिन पनि बन्द गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्