×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा झडप : लगानीकर्ता र ब्रोकर कारोबार बन्द गर्ने पक्षमा, नेप्से भन्छ ‘बन्द हुँदैन…’

PRIME CA
GLOBAL IME BANK

नेप्सेमा झडप : लगानीकर्ता र ब्रोकर कारोबार बन्द गर्ने पक्षमा, नेप्से भन्छ ‘बन्द हुँदैन…’

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेयर कारोबार सूचारु राख्ने की बन्द गर्ने भन्ने विषयमा विवाद हुँदा नेप्सेमा झडप भएको छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेप्सेका सिइओ चन्द्रसिंह साउदले जबरजस्ति कारोबार सूचारु गर्ने तयारी गरेपछि झडप भएको बताए । 
यतिबेला पाँच वटै लगानीकर्ता सघंका प्रतिनिधी सेयर कारोबार बन्द गर्न माग गर्दै नेप्सेमा पुगेका छन् । उनीहरुले नेप्सेका सिइओ साउदसँग कारोबार बन्द गर्न माग गर्दा साउदले सरकारका तर्फबाट आधिकारीक पत्र नआएकाले कारोबार नरोक्ने बताएपछि उक्त विषयमा विवाद हुँदा झडप भएको बताइएको छ ।

यसो त सरकारले कोरोना भाइरस (कोभिड-१९) ले विश्वव्यापी रुप लिन थालेपछि अत्यावश्यकबाहेक घरबाट बाहिर नजान आग्रह गरेको छ । साथै विभिन्न कुराहरुमासमेत प्रतिबन्ध लगाइसकेको छ ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: