×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति बिकास बैंकले पठायो १२.७५% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ज्योति बिकास बैंकले पठायो १२.७५% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

Artha Sarokar

२३ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ज्योति बिकास बैंकले आफ्नो सेयरधनीको डिम्याट खातामा १२.७५% बोनस सेयर जम्मा गरिदिएको छ  । बैंकको पुस २९ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १२.७५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त पारित भएको बोनस सेयर पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको खातामा पठाइदिएको हो । पुस १५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ । 
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी