कैलाली – सुदूरपश्चिम प्रदेशका दुई नाकाबाट ९५ हजार व्यक्ति भित्रिएका छन् । प्रदेशका दुई नाकाबाट १७ दिनमा ९५ हजार व्यक्ति नेपाल भित्रिएका हुन् । कैलाली जिल्लाको गौरीफन्टा नाकाबाट झन्डै ३१ हजार मानिस नेपाल भित्रिएका छन् भने कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकाबाट ६३ हजार मानिस नेपाल भित्रिएका हुन् ।
गौरीफन्टा नाकाबाट शनिबार मात्रै ५ हजार भित्रिएका छन् भने गड्डाचौकी नाकाबाट १५ हजार भन्दा बढी नेपाल भित्रिएका थिए । कैलालीमा फागुन २२ गतेदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको थियो भने कञ्चनपुरमा फागुन २३ गते देखि स्थापना गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका ११ गते विहानदेखि बन्द गर्ने निर्णय गरेको छ । तर कैलाली प्रशासनले गौरीफन्टा नाकाबारे कुनै निर्णय गरेको छैन । कोरोना भाइरसको त्रास विश्वव्यापी रुपमा फैलिएपछि अहिले विभिन्न स्थानबाट मानिसहरु आफ्नो स्थानतर्फ फर्किरहेका छन् । तर सरकारले ९ गतेदेखि भने लामा दुरीमा चल्ने सवारीसाधनमा प्रतिबन्ध लगाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्