×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : कैलाश बैंकको किर्ते प्रकरणमा बिएममाथि समेत कार्वाही, भन्छन्, ‘मेरो करियर सिद्धियो’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : कैलाश बैंकको किर्ते प्रकरणमा बिएममाथि समेत कार्वाही, भन्छन्, ‘मेरो करियर सिद्धियो’


काठमाडौँ । कैलाश बिकास बैंकको वालिङ शाखाका एक कर्मचारीले ऋणी लीला कंडेलको हस्ताक्षर किर्ते गरी लिलामी प्रक्रिया अगाडी बढाएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि बैंकले कर्मचारी जीवन कुमार मल्ल र वालिङ शाखा प्रबन्धक मोति कुँवरलाई कार्वाही गरेको छ ।  अर्थ सरोकारले स्थलगत रिपोर्ट बनाएर प्रशारण गरेपछि बैंकको इन्सपेक्सन टोली उक्त शाखामा पुगेको थियो । इन्सपेक्सन टोलीले बैंकका कर्मचारी जीवन कुमार मल्लको दोष रहेको ठहर गरेको छ भने यस प्रकरणमा बैंकका शाखा प्रबन्धक पनि जिम्मेवार भएको भन्दै दुबैलाई कार्वाहीको सिफारिस गरेको थियो । 

यस्तो थियो अर्थ सरोकारले तयार गरेको स्थलगत रिपोर्ट 


अर्थ सरोकारले तयार गरेको रिपोर्ट नम्बर १ 

जीवन कुमार मल्लसहित बैंकका उक्त शाखाका शाखा प्रबन्धक मोति कुँवरलाई समेत बैंकले कार्वाही गरेको हो । अर्थ सरोकार डटकमसँग कुरा गर्दै तत्कालीन शाखा प्रबन्धक मोति कुँवरले  आफु र जीवन कुमार मल्लमाथि बैंकले कारवाही गरेको र दुइ जनालाई नै बैंकले सस्पेन्ड गरेको स्वीकारेका छन् । उनीहरुलाई कार्वाहीको पत्र सम्बन्धित व्यक्तिहरुको हातमा पुगिसकेको छ । यद्यपी बैंकको कार्वाहीले मात्र नपुग्ने भन्दै पीडीत दिपेन्द्र कंडेल बैंकका कर्मचारीलाई अदालतमा मुद्धा हाल्ने तयारीमा छन् । बैंकलेसमेत कार्वाही गरिसकेकाले अव यस्तो गलत काम गर्ने कर्मचारीले सजाय पाउने सम्भावना निकै बढेको छ । 

कुँवर भन्छन्, ‘बैंक छोड्नुपर्यो, मेरो करियर सिद्धियो’
मोति कुँवर र जीवन कुमार मल्लमाथि भएको कार्वाहीका बारे बुझ्न अर्थ सरोकारले मोति कुँवरलाई फोन गर्दा उनले बैंकले आफुलाई कार्वाही गरेको पुष्टी गरेका छन् । ‘हामी दुइ जनालाई कार्वाही गरियो । मैले बैंक छोडें।  मेरो करियर सिद्धिएको अनुभव भएको छ ।’ उनले भने ।    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: