×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भीडलाई छिचोलेर यात्रा गड्डाचौकीबाट घरतिर, यस्तै छ बड्डा हाम्रा सुदुरपश्चिमतिर… (फोटो फिचर)

PRIME CA

भीडलाई छिचोलेर यात्रा गड्डाचौकीबाट घरतिर, यस्तै छ बड्डा हाम्रा सुदुरपश्चिमतिर… (फोटो फिचर)

८ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

कंचनपुर
कंचनपुर – भारतमा कोरोना भाइरसको संक्रमण भेटिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किन थालेका छन् । कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतमा रोजगारीका लागि गएका नेपालीहरु घर फर्किन थालेका हुन । गड्डाचौकि नाकामा हेल्थ डेस्क राखि स्वास्थ्यकर्मीहरु राखिएका छ्न तर नागरिकको चाप अत्यधीक बढेपछि स्वास्थ्यजाँचमा नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको छ । स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको तथा शंका लागेमा महाकाली अञ्चल अस्पतालमा पठाउने व्यवस्था मिलाइएको छ ।
गड्डाचौकी नाकाबाट दैनिक हजारौं नेपाली भित्रिन थालेपछि स्थानीयमा त्रास उत्पन्न हुन थालेको छ । उक्त नाका भएर कर्णाली र सुदूरपश्चिमका हजारौं नेपाली भारतका विभिन्न सहरमा मजदुरीमा लागि जाने गर्दछन । संक्रमणको त्रास फैलिएपछि पश्चिमी नाका गड्डाचौकी भएर नेपाल फर्किनेको संख्या बढ्दै गएको हो ।बिहान ६ बजेदेखि ९ बजेसम्म झण्डै ३ हजार नेपाली स्वदेश भित्रिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासीनीले बताएका छ्न । साँझसम्म यो संख्या बढ्दै जाने अनुमान गरिएको छ । 
पुस्कर भट्टले लिनुभएका तस्विरहरु हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: