
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका–१८ महेन्द्रनगर जानकी टोलका स्हथानीयरुले सरकारको निर्णय अटेर गर्नेलाई आफ्नो टोल प्रवेशमा रोक लगाएका छन् । विश्व महामारीको रुपमा फैलीहरको कोरोना भाइरस(कोभिड–१९)को संक्रमण रोकथामका लागी स्थानियले आफ्नो टोल प्रवेशमा रोक लगाएका हुन् ।
नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको लकडाउन निर्णयलाई अटेरी गर्नेहरुका लागी टोल प्रवेशमा रोक लगाइएको स्थानिय प्रभुनिधि पन्तले बताए । उनले भने ‘नेपाल सरकारले सबैलाई घर भित्र बस, अत्यावश्यक काम बाहेक घर बाट बाहीर ननिस्कनु भनेको छ । तर केही नागरीकले सरकारको उत्त निर्णयको अटेरी गरेर बिना काम बाहीर घुमेपछि हामीले हाम्रो टोलमा बाटो अवरोध गरी प्रबेशमा रोक लगाएका छौ ।’
सबैठाउँमा सुरक्षाकर्मीले मात्र हेर्न नसक्ने भएकोले हामीले आफ्नो क्षेत्रमा सरकारको निर्णय कार्यान्वयनका लागी आफै खटेका हौ ।’ स्थानिय शम्भु अवस्थिले भने । जानकी टोल स्थित दैनिक सञ्चार चोकका सबै बाटो बन्द गरी प्रबेश निषेध, कोरोना भाइरस बाट आफु पनि बचौँ अरुलाई पनि बचाऔँ, सरकारको निर्णय सबैले पालना गरौ लगाएतका पोस्टर पनि लगाइएका छन् । स्थानियहरुले अहिले अत्यावश्यक काम बाहेक बाहीर निस्कनेहरुलाई आफ्नो टोल आवतजावतमा रोक लगाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्