
कपिलवस्तु – कपिलवस्तुमा ६ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना प्रभावित देशबाट आएका ६ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा भारतबाट आएका ४३ वर्षीय इन्दिरा देवकोटा र उनका छोरीहरु मुना र कविता देवकोटा, मुम्बईबाट आएका दुई जना र साउदी अरेवियाबाट आएका एक जनालाई तौलिहवास्थित महेन्द्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा . किशोर बन्जाडेले दिएको जानकारी अनुसार मुम्बईबाट आएका साबुद्दिन खान र कृष्ण गोपाल कलवारलाई क्वारेन्टाइनमा राखिएको हो । साथै साउदी अरेवियाबाट आएका सत्य राम कलवारलाई पनि थप चेकजाँचका क्वारेन्टाइनमा राखिएको उनले बताए ।
क्वारेन्टाइनमा राखिएका ती व्यक्तिहरुलाई केही दिनक निरन्तर चेकअप र स्वास्थ्य अवस्थाको पहिचानपछि घर फर्काउने वा थप प्रक्रिया अघि बढाउने टुंगो लाग्ने पनि डा. बन्जाडेले बताए । विश्वका १९० बढी देशमा अहिले कोरोना भाइरस फैलिसकेको छ भने नेपालमा पनि एक जना महिमामा कोरोना पोजेटिभ देखिईसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्