×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ कक्षामा पढ्दा पढ्दै बैंकिङ कसुरमा यसरी फसे अनिल… आफ्नै साथीले बर्बाद बनाइदियो जिन्दगी (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

११ कक्षामा पढ्दा पढ्दै बैंकिङ कसुरमा यसरी फसे अनिल… आफ्नै साथीले बर्बाद बनाइदियो जिन्दगी (भिडियो)

Artha Sarokar

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काभ्रेपलान्चोकसहित मुखिया गाउँ शोकमा डुबेको धेरै भयो । खाँदै नखाएको विष लागेपछि बर्षौंदेखि गाउँका युवाहरु जेलमा छन् । आफ्नैले फसाएपछि, आफ्नो भनिएको मान्छे दुश्मन निस्किएपछि कानुनी रुपमा फसेका सोझा गाउँलेहरु अन्याय भयो भनेर कराईरहेका छन्, तर त्यो आवाज सम्बन्धित ठाउँमा पुग्नुपर्नेजति पुगिरहेको छैन ।
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले माघ १८ २०६९ मा कम्पनीलाई समस्याग्रस्त घोषणा गरेपछि कम्पनीभित्रका घोटालाहरु अनुसन्धान भए । फाइनान्सभित्र भएका घोटालाहरुबारे अनुसन्धान गर्दा फाइनान्सलाई टाँट पल्टाउने खेलमा मुख्य योजनाकार नै कम्पनीका पूर्वप्रबन्ध सञ्चालक पवनकुमार कार्की र उनका ससुरा शम्भु केसी रहेको खुल्यो । सँगै खुल्यो आफ्नाले आफ्नैलाई कसरीसम्म फसाउन सक्छन् भन्ने यथार्थताको अनौठो उदाहरण । घटनाको अनुसन्धान गर्दै जाँदा थाहा भयो कि काभ्रेको मुखिया गाउँका धेरै गाउँलेलाई एकैपटक जेल पठाउने प्रपञ्चको मुख्य योजनाकार पनि शम्भु केसी रहेछन् जसलाई गाउँले ले निकै आफ्नो मान्छे सोच्ने गर्दथे ।
कसरी फसे त ११ कक्षामा पढ्दै गरेका अनिल थापा ? हेर्नुहोस् भिडियोमा
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी