×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘गरिब होस् कि धनी, सबैको जीवन अमूल्य छ… त्यसैले बीमा गरौँ’ : अर्थमन्त्री डा. युबराज खतिवडा (भिडियो)

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबैको बीमा हुनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा उनले यस्तो बताएका हुन् । उनले व्यवसाय र जीवनमा आईपर्ने सबै किसिमका जोखिम व्यवस्थापन गर्न सक्ने तह सम्म बीमा सेवा पुग्नुपर्छ भनेर बीमा सेवा विस्तार गर्न खोजिएको पनि स्पष्ट पारेका छन् । 
बीमा सम्बन्धी ऐनहरुलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमाथि परेका संसोधन प्रस्तावमाथिको छलफलका क्रममा उनले नियमनकारी निकायलाई अझै बढी नियमक निकायको रुपमा प्रभावकारी तुल्याउन , बीमा व्यवसायलाई प्रतिष्पर्धी बनाउनुको साथै अन्तराष्ट्रिय बीमा सम्बन्धी नियमनकारी व्यवस्थाहरु, प्रचलन तथा अभ्यासहरुलाई नेपालमा पनि लागु गरेर बीमालाई भरपर्दो व्यवसायको रुपमा बिकास गर्नुे अवधारण सहित विधेयकमा आवश्यक व्यवस्था गरिएको बताएका छन् ।
‘नियमनकारी व्यवस्थालाई अझै बलियो बनाउनुपर्छ र बीमा सेवा प्रदायकहरु र बीमासग जोडिएको अरु सरोकारवालाहरुको पनि व्यवस्थापन गतिलो गरि गरिएन भने यसको स्थिरत, स्थायीत्व र यसले प्रवाह गर्ने सेवामा समस्या आउन सक्छ भनेर राष्ट्रिय र अन्तराष्ट्रिय अभ्यासहरुलाई पनि समेटेर यो विधेयक प्रस्तुत गरिएको छ ।’ उनले भने। उनले बीमा प्रिमियमको माध्यमबाट बचत परिचालन हुने र प्रिमियम वापत संकलन भएको पैसाले पूँजी बजारमा योगदान पुर्याउने भएकाले यसले व्यवसायीक वातावरण पनि सुदृढ पार्ने र बचत पनि परिचालन हुने दाबीसमेत गरे । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: