×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसका कारण जापानका हास्य अभिनेता केन शिमुराको निधन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोना भाइरसका कारण जापानका हास्य अभिनेता केन शिमुराको निधन

Artha Sarokar

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

टोकियो । कोरोनाभाइरसको संक्रमणबाट जापानका प्रख्यात हास्य अभिनेता केन शिमुराको निधन भएको छ ।७० वर्षीय केनको आइतबार साँझ निधन भएको जनाइएको छ । उनी जापानकै चर्चित हास्य अभिनेताका रुपमा चिनिन्थे । १९७० को दशकमा उनले अभिनय यात्रा थालेका थिए ।
२० मार्चमा उनलाई ज्वरो तथा निमोनियाको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । कोरोनाभाइरस परीक्षणको नतिजा ‘पोजेटिभ’ आएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिदैँ आएको थियो । जापानमा कोरोनाभाइरसबाट मृत्यु हुने उनी पहिलो सेलिब्रेटी हुन् । -एजेन्सी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी