
काठमाडौँ – फ्रान्सबाट कतारको दोहा ट्रान्जिट भएर काठमाडौं आएकी १९ वर्षीया एक नेपाली युवतीलाई सोमबार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस भएको पुष्टि गरेको छ । उनी चैत ४ गते मात्र नेपाल आइपुगेकी थिइन् । १९ वर्षीया ती युवतीलाइ कोरोना पुष्टि भएसँगै सरकारले उनीसँगै जहाजमा आएका अन्य व्यक्तिहरुको खोजी गर्न थालेको छ ।
उनी कतारको दोहाबाट फ्लाइट नम्बर क्यू आर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । उनिसँगै जहाजमा २ सय ५ जना यात्रु नेपाल आएको बताइएको छ । सरकारले ती सबै व्यक्तिको खोजी कार्य गरी परिक्षण गर्ने जनाएको छ ।
साथै उनको परिवारका सदस्यहरुलाई क्वारेनटाईनमा राखिएको मन्त्री ढकालले बताए । संक्रमित युवती हाल टेकु अस्पतालमा रहेको मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्