×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको कहर : विश्वभर मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, चीनमा भन्दा इटालीमा बढी मृत्यु

PRIME CA

कोरोनाको कहर : विश्वभर मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, चीनमा भन्दा इटालीमा बढी मृत्यु

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले झन्डै १० हजार बढी व्यक्तिको ज्यान लिएको छ । यो क्रम बढ्दोनै छ । गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनको बहान क्षेत्रबाट सुरुको भएको कोरोना भाइरसबाट चिनमा भन्दा पनि इटलीमा धेरै व्यक्तिको ज्यान गएको बताइएको छ । यतिबेला यूरोपका देशहरुमा महामारीको रुप फैलिएको छ । बिहीबारमात्र इटलीमा ४ सय २७ जनाको मृत्यु भएको छ ।
बिहीबारको पछिल्लो अपडेट अनुसार इटलीमा ३ हजार ४ सय पाँच जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार २ सय ४५ जनाको मेइत्यु भएको छ । यस्तै नयाँ अपडेट अनुसार चीनमा जम्मा ३४ जना नयाँ संक्रमित भेटिएका छन् भने इटलीमा ५ हजार ३ सय २२ जनामा नयाँ संक्रमण देखिएको छ । यस्तै इरानमा पछिल्लो २४ घण्टा १ सय ४९ कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै इरानमा कोरोनबाट ज्यान गुमाउनेको संख्या इरानमा १ हजार २ सय ८४ पुगेको छ ।
यता नेपालमा भने अहिले यो भाइरसको पुष्टि भएको छैन । नेपालले अग्रिम उच्च सतर्कता अपनाउदै विभिन्न कार्यमा रोक लगाएको छ । एसईई परिक्षा स्थगित गरेको छ भने विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित गरिएको छ । लोक सेवा आयोगले पनि चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । सरकारले बुधबार २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएको छ । यस्तै सर्वसाधारणलाई भिडभाड हुने ठाउँमा नजान अपिल गरेको छ । मनकामना केबुलकारले पनि सेवा बन्द गरेको छ। सरकारले शुक्रबारबाट सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल बन्द गर्ने निर्णय गरेको थियो । कोरोना प्रभावित ६६ देशबाट नेपाल आउन पनि रोक लगाएको छ । फिल्म हल, जिम र डान्सबार बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: