×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसको कहर : मंगलबारसम्म मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो, १ सय ६२ देशमा संक्रमण…

PRIME CA
GLOBAL IME BANK

कोरोना भाइरसको कहर : मंगलबारसम्म मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो, १ सय ६२ देशमा संक्रमण…

४ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ – मंगलबारसम्म कोरोनाभाइरस १ सय ६२ देशमा पुगिसकेको छ । अहिलेसम्म जम्मा १ लाख ८२ हजार ५ सय ४७ संक्रमित भेटिएका छन् । संसारमा ७ हजार १ सय ६४ जनाको मृत्यु भएको छ । जबकी ७९ हजार ८ सय ८१ संक्रमित स्वस्थ पनि भएका छन् । फिल्म ‘गेम अफ थ्रोन्स’ मार्फत् चर्चित भएका हलिउड स्टार क्रिस्टोफर हिजवू र अर्का एक स्टार इदरिस एल्बा पनि कोरोनाभाइरसबाट संक्रमित पाएका छन् । यी दुईले सोसल मिडियामा यसको जानकारी दिएका छन् । संक्रमणमा फ्रान्स सरकारले अब कडा नियम लागू गरेको छ । यहाँ सामाजिक समारोहपछि पारिवारिक आयोजनामा पनि रोक लगाइएको छ ।
फ्रान्समा कडाईः
युरोपमा कोरोनाका संक्रमित अत्यधिक पाइएका छन् । फ्रान्स सरकारले सुरुमा बजार र सपिङ मल बन्द गर्ने घोषणा गरेका थिए । यति गर्दा पनि संक्रमण नियन्त्रणमा आउन सकेन । सोमबार अबेर राती राष्ट्रपति इम्यानुएल म्याक्रोंले अत्यधिक कडा नियम जारी गरे । आदेशमा भनिएको छ, ‘कुनै पनि सामाजिक वा पारिवारिक कार्यक्रमलाई अर्को आदेशसम्म रोक लगाइएको छ । यसलाई कडा रुपमा पालना गरियोस् ।’फ्रान्सको सेनाले पनि कमान सम्हालेको छ । पेरिससमेत देशका विभिन्न शहरमा मिलिट्री मेडिकल युनिटले काम गर्न थालेका छन् । सबै स्कूल, कलेज, बार, रेष्टुरेन्ट र पर्यटकीय स्थल बन्द गरिएको छ ।
इजराइल सरकारले संदिग्धको फोन ट्याप गर्नेछः
इजराइलमा सोमबार रातीसम्म २ सय ५० व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । यीमध्ये ३७ जनाको स्थिती गम्भीर बताइएको छ । केही व्यक्तिले संक्रमणको जानकारी लुकाइरहेको हो कि भन्ने सरकारलाई शंका छ । अब नेतान्याहूको नेतृत्व भएको सरकारले महत्वपूर्ण कदम उठाएको छ । सरकारले भनेको छ, ‘केही व्यक्तिले संक्रमणको जानकारी लुकाइरहेका छन् त्यसकारण अर्को एक महिनासम्म मानिसहरुको फोन ट्याप गरिनेछ ।’
अमेरिकी नेभी चिन्तितः
स्यान डियागोमा एक अमेरिकी नौसैनिकमा कोरोना परीक्षण पोजिटिभ भेटिएको छ । नौसेनाले आफैं एक बयान जारी गर्दै यसबारे जानकारी दिएका हुन् । उनी लोमा इलाकाको नेवी बेस पोइन्टमा तैनाथ थिए । नौसेनाको समस्या के हो भने यहाँ करिब २ हजार अरु सैनिक पनि छन् । अब उनीहरु सबैको परीक्षण गरिनेछ । केही सैनिकलाई आइसोलेशन युनिटमा पनि पठाइएको छ ।
लस एन्जलसमा पार्किङ शुल्क लाग्दैनः
सपनाको शहर भनिने लस एन्जलसमा सबै होटल, रेष्टुरेन्ट, बार र नाइट क्लब बन्द गरिएको छ । पर्यटक तनावमा छन् । यहाँका मेयरले मंगलबार एक आदेश जारी गर्दै भनेका छन्, ‘सबै सरकारी र गैर सरकारी पार्किङ स्थलले अर्को आदेशसम्म शुल्क लिन पाउने छैनन् । अब पर्यटक यहाँ घुम्नै पाउँदैनन् भने हामी उनीहरुबाट कसरी शुल्क लिन सक्छौं ? प्रशासनिक उपायमा मानवता हुनै पर्छ ।’ 
नायक टम ह्यान्स्क र रिटा विल्सनले अस्पतालबाट पाए छुट्टी
अमेरिकी नायक टम ह्यान्स्क र उनकी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरसको उपचारपछि अस्पतालबाट छुट्टी दिइएको छ । यो जोडी अहिले आफ्नो क्विन्सल्याण्डस्थित भाडाको घरमा सेल्फ क्वारेन्टाइनमा छन् । यी दुईले आफूलाई गत हप्ता कोरोनाको संक्रमण भएको बताएका थिए । यी दुई गोल्ड कोस्ट गएका थिए । ह्यान्स्कले एल्भिस पर्सलेबारे फिल्म बनाइरहेका थिए । ह्यान्स्कमा कोरोना संक्रमण देखिएपछि फिल्म निर्माण केही समयका लागि रद्द गरिएको छ । अष्ट्रेलियामा अहिलेसम्म ३ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: