×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कारण १ भारतीयको मृत्यु, ८६ जनामा कोरोनाको संक्रमणको पुष्टि हुँदा पनि किन सचेत छैन नेपाल सरकार ?

अर्थ सरोकार

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार

PRIME CA

कोरोना कारण १ भारतीयको मृत्यु, ८६ जनामा कोरोनाको संक्रमणको पुष्टि हुँदा पनि किन सचेत छैन नेपाल सरकार ?

काठमाडौं । कोरोना भाइरसका कारण भारतमा मानिसको मृत्यु भएको छ पुष्टी भएको छ । कोरोनाको कारण मृत्यु हुने व्यक्ति भारत कर्नाटकका हुन् । उनी ७६ वर्षका थिए । भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित भएर मृत्य भएको तथ्य पुष्टि गरेको हो । मन्त्रालयका अनुसार ती व्यक्ति १ महिनासम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए ।
फर्किएलगत्तै उनी बिरामी परेका थिए । बिरामीलगतै उनको घर पुगेर चिकित्सकले उपचार पनि गरेका थिए । तर, झन्–झन् उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । त्यसपछि ९ मार्चमा उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणपछि उनीमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार यहाँका ७४ मानिसमा कोरोना लक्षण देखिएको छ । पछिल्लोपटक थप १२ जनामा पनि कोरोना पुष्टि भएको छ ।
भारतमा यस्तो घटना हुँदा पनि नेपालमा भने उचित सताकर्ता अपनाउन सरकारले काम नगरेको आरोप लागिरहेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: