×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको कहर : मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो, तीन लाख बढी संक्रमित, इटली सबैभन्दा धेरै प्रभावित

PRIME CA
GLOBAL IME BANK

कोरोनाको कहर : मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो, तीन लाख बढी संक्रमित, इटली सबैभन्दा धेरै प्रभावित

१० चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – चीनको उहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण संसारको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणले १४ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । यो संक्रमणको सुरुवात चीनबाट सुरु भएपनि मृत्युको आँकडा हेर्ने हो भने इटली सबैभन्दा धेरै प्रभावित देश हो । आइतबार यहाँ ६ सय ५१ जनाको मृत्यु भएको छ । इटलीमा कोरोना भाइरसले अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ ।
यस्तै चीनको हुबेई प्रान्तमा मृतकको संख्या ३ हजार १ सय ५३ पुगेको छ । यसबाहेक स्पेनमा १ हजार ७ सय ७२, इरानमा १ हजार ६ सय ८५ र फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ ।
संसारभरी तीन लाख बढी संक्रमित देखिएका छन् । संक्रमित व्यक्तिको संख्या सबैभन्दा धेरै चीनमा छ । चीनमा ८१ हजार ४ सय २६ संक्रमित देखिएका छन् भने इटलीमा ५९ हजार १ सय ३८, अमेरिकामा ३३ हजार २ सय ७६, स्पेनमा २८ हजार ७ सय ६८ र जर्मनीमा २४ सय ८ सय ७३ घटना पुष्टि भएका छन् । भारतमा यो संक्रमणका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ६० जना संक्रमित पाइएका छन् । संक्रमण रोक्नका लागि भारतका २२ राज्यका ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन लागू गरिएको छ । -एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: