×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको अपिल,५५ देशबाट नेपाल आउन पनि रोक

अर्थ सरोकार

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार

PRIME CA

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको अपिल,५५ देशबाट नेपाल आउन पनि रोक

काठमाडौँ –  सरकारले अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन आम नेपाली नागरिकहरुलाई आग्रह गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले यस्तो अपिल गरेको हो ।
कोरोना भाइरस (कोभिड १९)बाट बच्नको लागि सरकारले अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन अपिल गरेको छ । साथै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय समेत गरेको छ । यस्तै बैंठकले सिट क्षमता भन्दा बढी यात्रु नबोक्न सार्वजनिक यातायातलाई आग्रह गरेको छ ।
सरकारले कोरोना प्रभावित ५५ देशबाट नेपाल आउन पनि रोक लगाएको छ । जसमा युरोपका सबै देश समेटिएका छन् ।  फिल्म हल, जिम र डान्सबार बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: