
काठमाडौं । मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ । सरकारले २५ जना भन्दा धेरैको भेला नहुन आग्रह गरेसँगै मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो । अधिकांश देशमा फैलिएको कोरोना भाइरसबाट जोगिन अब मुस्लिम समुदायले घर-घरमै नमाज पढ्न सुरु गरेका छन् । नेपाली जामे मस्जिद संघका अध्यक्ष समिम अन्सारीका अनुसार हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि घरमै पढ्न सुरु भएको हो ।
अन्सारीका अनुसार मदरसाहरूको पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएका छन् । ‘मुस्लिम समुदायले नियमित रुपमा पढिने नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाज सकेसम्म घर, कलकारखाना आदिमा पढ्ने र मस्जिदमा सकेसम्म कम उपस्थितिमा पढ्ने, पढाउने, मदरसाहरूमा पठनपाठन बन्द गराउने र अति आवश्यक नभइ कुनै पनि कार्यक्रममा सहभागी नहुन सम्बन्धित सबै मुस्लिम समुदायमा अनुरोध गर्ने निर्णय गरियो’ पत्रमा उल्लेख गरिएको छ ।
अहिले विश्वभर कोरोनाअ भाइरसका कारण १० हजार बढीको ज्यान गईसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्