×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भयावह बन्यो विश्व : मृतकको संख्या ३४ हजार नजिक, अमेरिकामा एकै दिन १८ हजार बढी नयाँ संक्रमित भेटिए…

PRIME CA
GLOBAL IME BANK

भयावह बन्यो विश्व : मृतकको संख्या ३४ हजार नजिक, अमेरिकामा एकै दिन १८ हजार बढी नयाँ संक्रमित भेटिए…

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नोबेल कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा स्पेनमै ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन् । स्पेनमा मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ । संक्रमितको संख्या ८० हजार नाघेको छ।
अमेरिकामा हिजो १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ भने हिजो २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ । संक्रमितको संख्या तिब्र गतिमा बढेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक दूरीको आदेश आगामी एक महिनाका लागि थप गरेका छन । 
यता इटालीमा हिजो ७ सय ५६ जनाको मृत्यु भएको छ । ५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । योसँगै मृत्यु हुनेको संख्या इटलीमा १० हजार ७ सय नाघेको छ। इटालीमा संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ । जर्मनीमा संक्रमितको संख्या ६२ हजार पुगेको छ भने फ्रान्समा ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । 
विश्वभर कोरोना भाइरसबाट एकै दिन झण्डै ३ हजार मानिसको मृत्यु भएपछि अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय पुगेको छ। त्यस्तै संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: