×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालोबजारी र अभाव सिर्जना गर्नेलाई ३ लाख जरिवाना र पाँच वर्ष कैद हुने (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कालोबजारी र अभाव सिर्जना गर्नेलाई ३ लाख जरिवाना र पाँच वर्ष कैद हुने (भिडियो रिपोर्ट)

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बजारमा अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ । कोरोना भाइरस (कोभिड—१९) संन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवाना सहित ५ वर्ष जेल सजाय हुने बताएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा अभाव सिर्जना गर्नेलाई ५ वर्षको कैद सजाय हुन्छ । कुनै सम्झौता हुन सक्दैन् । बदमासी गरेको देख्नुभयो भने तपाईले खवर गर्नुहोस् । त्यसलाई हामी तत्काल कारावही गर्छौँ । कारावही गर्नेमा कुनै शंका नगर्नुहोस् ।’

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा मन्त्री भट्टले कोरोना विरुद्ध लड्नुपर्ने बेलामा सबैले गम्भिरताका साथ लिएर एकजुट हुनुपर्ने बताउनुभयो । सीमानाकाबाट नेपाल आउन नदिनेगरी नाका बन्द गर्ने विषयमा भारतसँग कुटनीतिक रुपमा सरकारले कुरा गरिरहेको बताउनुभएको छ । देशमा अघोषित संकटकालको अवस्थामा भोलीको दिनलाई मध्यनजर गर्दै सरकारले पूर्व तयारका सबै कामहरु गरिरहेको बताउनुभयो । 
हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी