
काठमाडौं । बैंकहरुले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि ५ दिनमै कर्जा दिने भएका छन् । बैंकहरुले कोरोना रोकथाम तथा नियन्त्रणमा आवद्ध संघसस्थालाई ५ दिनमै कर्जा प्रवाह गर्ने भएको हो । नियामक नेपाल राष्ट्र बैंकको निर्देशनमा यस्तो कार्य थालेका हुन् । राष्ट्र बैंकले अस्पताल तथा अन्य कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा संलग्न संघसंस्थाले कर्जाको आवेदन दिएको ५ दिन भित्र कर्जा प्रदान गर्न आइतबार निर्देशन दिएको थियो ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टका अनुसार कोरोनाका कारण वातावारण असहज बनेपछि सहज बनाउन यस्तो निर्देशन जारी गरिएको हो । निर्देशनमा कोरोना भाइरसको संक्रमणका सहयोग गर्ने वा औषधी उपचार जारी गर्दै कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने वस्तु तथा उपकरण, औषधी, खाद्यान्न लगायत अत्यावश्यकीय माल वस्तु पैठारी तथा बिक्री वितरणमा सहज बनाउने प्रयोजनका लागि कर्जाको माग भएमा संक्षित प्रक्रिया पुरा गरी ५ दिन भित्र बैंकले कर्जा दिनुपर्ने उल्लेख गरिएको छ ।
सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा बैंकहरुले गरेको सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत गणना गर्न सकिने र उक्त कोषमा बैंकहरुले सिएसआरमा खर्च गर्ने रकम योगदान गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्