×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’बारे Ground Zero : शान्त र खुल्ला देखिए काठमाडौँका सडक, प्रहरीको गस्ती कडा ! (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘लकडाउन’बारे Ground Zero : शान्त र खुल्ला देखिए काठमाडौँका सडक, प्रहरीको गस्ती कडा ! (भिडियो रिपोर्ट)

Artha Sarokar

११ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। सरकारले अख्तियार गरेको लक डाउनको पहिलो दिन दिउसो पनि राजधानी शान्त देखिएको छ । उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सहरहरु बन्द छन् । सडकमा मानिसहरु छैनन् । तर केही फाट्टफुट्ट मोटरसाइकलहरु चलेको देखिन्छ । प्रहरीले मोटरसाइकल चालकहरुलाई सम्झाएर घर पठाउने गरेको छ । काठमाडौंको न्यूरोड, असन लगायतका बजारहरु पूर्ण रुपमा बन्द छन् । उपत्यकामा तरकारीको आपूर्ति हुने प्रमुख बजार कालिमाटी फलफूल तथा तरकारी बजार पनि बन्द छ । 
सामाजिक सम्पर्क रोकेर भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिने विश्व स्वास्थ्य संगठनकोे सुझाव भएपछि विश्वका अधिकांस मुलुकहरुले लक डाउनको नीति अख्तियार गरेका छन् । त्यसैले नेपाल सरकारले पनि उक्त नीतिलाई अबलम्बन गरेको छ । जसले गर्दा मंगलबार बिहानै देखि सडकहरुमा अत्यावश्यक सेवाका साधनहरु मात्रै सञ्चालन भएको देखिन्छ । सडकका चोकचोकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ ।
लक डाउन भनेको औषधि उपचार, खाद्य वस्तु खरिद लगायत अत्यावश्यक कामका लागि बाहेक बाहिर ननिस्कन सरकारले गरेको आदेश हो । सरकारले कोरोना भाइरसको संक्रमण भएका बिरामी फेला परेपछि संक्रमणलाई थप फैलिन नदिनका लागि ‘संक्रामक रोग ऐन २०२०’ अनुसार लक डाउनको नीति अख्तियार गरेको हो । सरकारले दिएको आदेशलाई नागरिकले पालना गरेको देखिन्छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजे सम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको हो ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी