
काठमाडौँ -एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।
‘कोभिड–१९’ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिका एक सदस्यले अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेको र त्यहीअनुसार सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि उद्योगीरव्यवसायीहरुलाई भनिसकेको बताए।
चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो। भारतले कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ। भारतले पनि नेपालले लगाएको भोलिपल्टै देशव्यापी लकडाउन गरेको हो ।
‘कहिलेसम्म हुन्छ लकडाउन ?’ अर्थ सरोकारको प्रश्नमा गृहमन्त्रालयका एक उच्च अधिकारीले भने, ‘ ‘२१ दिनसम्म पक्का जाला, त्यो भन्दा बढी भन्न सकिन्न”
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्