
काठमाडौँ । आइतबार बेलुकी न्युज २४ टेलिभिजनले एउटा समाचार ‘ब्रेक’ गर्यो । टेलिभिजनले बीरगंजमा एक जना नेपालीमा कोरोनाको संक्रमण भएको बताएको थियो । एकाएक भाइरल भएको यो समाचार गलत भएको पुष्टी भएपछि सोहि टेलिभिजनका संचारकर्मी रवि लामिछानेले माफी मागेका छन् ।
‘आजको कार्यक्रमको प्रत्यक्ष प्रशारण सकिए पछि आएको जानकारी अनुसार बिरगंजका शंकास्पद ब्यक्तीलाई कोरोना संक्रमण नभएको कुरा उनि उपचाररत पटनाको अस्पतालले पुष्टि गरेको छ। न्युज २४ का साझका बुलेटिनहरुमा यस सम्बन्धि फरक जानकारी प्रशारण भएकोमा क्षमा चाहन्छौ । तर बुलेटिन पछि अपडेट लिने क्रममा कार्यक्रम सिधाकुरा जनतासङमा अस्पतालले यो कुरा पुष्टि गर्न बाकि रहेको पनि जानकारी गराइएको र त्यसपछिका बुलेटिनमा क्षमा याचना सहित अपडेटेड न्युज प्रशारण भएको जानकारी गराउन चाहन्छु। आजको कार्यक्रममा ती ब्यक्तीमा कोरोना संक्रमण नदेखिएको अपडेटेड रिपोर्ट समेत रेकर्ड गरि समावेश गरिएको छ। असुबिधाका लागि क्षमा चाहन्छौं।’ उनले माफी माग्दै भनेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्