काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आफ्ना वडा बासीलाई निःशुल्क दैनिक ४० हजार थान माक्स र स्यानिटाइजर उपलब्ध गराउने भएको छ । महानगरले आफ्ना ३२ सै वडामा दैनिक प्रत्येक वडालाई एक हजार थान मास्क र १ लिटर स्यानिटाइजर उपलब्ध गराउन लागेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ४० हजार थान उपलब्ध भएको मास्क ३२ वटा वडामा १/१ हजारका दरले वितरण गर्न लागिएको छ । त्यस्तै बाँकी ८ हजार थान मास्क कर्मचारीलाई वितरण गर्न लागिएको काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले बताए । सेनिटाइजर भने पर्याप्त नभएकाले प्रत्येक वडामा १ लिटर पठाइएको उनले बताए । सोमबारदेखि बजारमा पाइए वडा बासीलाई अझै उपलब्ध गराउने पनि शाक्यले बताए ।ठूला वडालाई ४ र साना वडालाई ३ लाखका दरले बजेट दिईने !
आइतबार वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उपलब्ध भएको मास्क वितरण गर्ने र भोलिदेखि वितरण गर्नको लागि मास्क आईएमएस ग्रुपसँग खरिद गर्ने महानगरले जनाएको छ । जसमा नेपाल चेम्बर अफ कमर्शले पनि सहजीकरण गरिदिएकोसमेत शाक्यले बताए । वातावरण व्यवस्थापन विभागका कर्मचारीका लागि पनि महानगरले ३ हजार थान मास्क पठाएको छ । महानगरका कर्मचारीदेखि निजी क्षेत्रबाट फोहोर व्यवस्थापनमा जुटेका कर्मचारीलाई समेत दैनिक माक्सको व्यवस्था गरिएको छ । महानगरले सहरी स्वास्थ्य क्लिनिकका अतिरिक्त अन्य विभिन्न २१ ठाउँमा स्वास्थ्य सहायता कक्ष सञ्चालनको तयारी पनि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्