
काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला प्रहरीले ठुलो संख्यामा सर्जिकल मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको कपन, र सतुंगल क्षेत्रबाट कृतिम अभाव सिर्जनागरी बढी मूल्यमा विक्रीगर्न लुकाइराखेको अवस्थामा सर्जिकल मास्क बरामद गरेको जनाएको हो । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी काठमाडौंको सतुंगलबाट ८ लाख ४० हजार थान मास्क बरामद गरेको जनाएको हो ।
त्यस्तै प्रहरीले आइतबार ३ रुपैयाँ २५ पैसा पर्ने मास्कलाई ३१ रुपैयाँमा विक्री गर्न लागिरहेको अवस्थामा काठमाडौंको कपनस्थित मिलनचोकबाट १ लाख ६८ हजार थान मास्क सहित ५ जनालाई नियन्त्रणमा लिएको वनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले दुईदिनमा १० लाख ८ हजार थान मास्क बरामद गरिएको जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा ओखलढुंगा घरभई काठाडौं इमाडोल बस्ने वर्ष ३० को टेकराम श्रेष्ठ, बारा घरभई कपन बस्ने वर्ष ३४ को संजय रेग्मी, चितवन घरभई स्वयम्भु बस्ने वर्ष २६ को अजिम बक्स मिया, आरडिजि इन्टरनेशनल सप्लायर्सका सञ्चालक वर्ष २४ का सुरज गोयल र आरडिजिका अर्का सञ्चालक भारत राजस्थानका ३७ वर्षिय सुबास महेश्वरी रहेका छन् । प्रवक्ता वोगटीले पक्राउ परेकाहरुमाथि कालो बजारी तथा सामाजिक हित बिरुद्धको अपराध ऐन २०३२ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्