
काठमाडौँ – मनकामना दर्शन प्रालिले मनकामना केबलकार सेवा पनि बन्द गर्ने भएको छ । प्रालिले बिहीबार सूचना प्रकाशित गर्दै कोरोना भाइरसकै कारण मनकामना केबलकार सेवा शनिबारदेखि बन्द गर्ने जनाएको हो ।कम्पनीका नायब महाप्रबन्धक डीएन कायस्थका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्ने सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो ।
साथै प्रालिले मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउने पनि जनाएको छ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केबलकारमा यात्रा गर्न आउने घटेका थिए । मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को संख्यामा दर्शनार्थी मनकामना मन्दिरको दर्शन गर्दै आएका थिए ।
यस्तै चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी चेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क राखेको छ भने गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केबलकारको बटम स्टेशन चेरेशमा बिहीबारदेखि हेल्थ डेस्क सञ्चालनमा आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्