×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोनाको संक्रमण, मनपरी बोल्ने नेपालको स्वास्थ्यमन्त्रीले केही सिक्ने की ?

अर्थ सरोकार

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार

PRIME CA

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोनाको संक्रमण, मनपरी बोल्ने नेपालको स्वास्थ्यमन्त्रीले केही सिक्ने की ?

काठमाडौं । मनपरी बोल्ने नेपालको स्वास्थ्यमन्त्रीले बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसबाट केही सिक्नेकी ? कोरोनाभाइरसको संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । र उनले पछिल्लो समय आफूले भेटघाट गरेका मानिसहरुको पहिचान गर्न सुरु गरिएको पनि बताएकी छन् ।
चीनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ । भर्खंरै मात्र एक ८० वर्षीय वृद्धको मृत्यु भएको थियो । यता मंगलबारमात्र नेपालका स्वास्थ्यमन्त्रीले भने कोरोना प्रकोपको विषयलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले अब सरकारले क्वारेन्टाइन बनाउन नसक्ने बताएपछि उनको अहिले चौतर्फी आलोचना भइरहेको छ । बेलायति स्वास्थमन्त्रीलाई कोरोनाको प्रकोपले समातेको समाचार बाहिरिएसँगै यहि विषयलाई लिएर नेपालका स्वास्थ्यमन्त्रीको अभिव्यक्तिप्रति व्यंग्य हुन थालेको छ ।
मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणको जोखिम भएका देशबाट नेपाली नागरिक फर्काएर ल्याउन र क्वारेन्टाइनमा राख्न सरकार सक्षम नरहेको बताएका हुन् । उनले व्यक्तिले आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् । उनले भने, ‘क्वारेन्टाइन भन्नेवित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ । अब सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो ।’ सरकारले ज्वरो रुघाखोकी लागेमा अस्पतालमा परीक्षणको व्यवस्था गर्ने र परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखिएमा अस्पतालमै राखेर उपचारको व्यवस्था गर्ने अन्यथा जिम्मा लिन नसक्ने मन्त्री ढकालले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: