×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १६.२६ अंकले घट्यो बजार, १ अर्ब १८ करोड ४४ लाखमाथिको कारोबार हुँदा नेप्से १२५५.८० विन्दुमा

GLOBAL IME BANK

बुधबार १६.२६ अंकले घट्यो बजार, १ अर्ब १८ करोड ४४ लाखमाथिको कारोबार हुँदा नेप्से १२५५.८० विन्दुमा

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १६.२६ अंकले घटेर १२५५.८० बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७२ कम्पनीको ३४ लाख ८३ हजार २ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १८ करोड ४४ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार  नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १५ करोड ४० लाखमाथिको कारोबार भएको छ । त्यसपछि सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक र एनएमबि बैंकको भएको छ ।
यता, बुधबार व्यापार उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त र माउन्टेन हाइड्रोका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै कालिका पावर र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: