
विराटनगर – मास्क लुकाएर राखेको अवस्थामा वाणिज्य कार्यालय मोरङले एक व्यक्तिलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । अनुगमनका क्रममा मास्क लुकाएर राखेको भेटिएपछि वाणिज्य कार्यालय मोरङले विराटनगरको श्री सूर्जी इन्पेक्सका सञ्चालकलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
विराटनगर–९ घोगापुल चोकबाट अग्रवालले सञ्चालन गरेको श्री सुर्र्जी इन्पेस्कबाट ११ हजार ३ सय ५० थान मास्क र सेनिटाइजर बरामद भएको थियो । आइतबार वाणिज्य कार्यालय, विराटनगर महानगरपालिकासहितको अनुगमन टोलीले मास्क र सेनिटाइजर लुकाएको पाएपछि सञ्चालक अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
वाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमालय बरालक अनुसार अग्रवाललाई उपभोक्ता संक्षरण ऐन २०७५ अनुसार जरिवाना गरिएको छ । थप अनुसन्धान र कारवाहीका लागि अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्