×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीद्वारा बरामद भएका मास्कमध्ये ५ लाख मास्क स्वास्थ्य मन्त्रालयलाई दिइने, बाँकी मास्क बिक्रीका लागि पठाइने !

PRIME CA
GLOBAL IME BANK

प्रहरीद्वारा बरामद भएका मास्कमध्ये ५ लाख मास्क स्वास्थ्य मन्त्रालयलाई दिइने, बाँकी मास्क बिक्रीका लागि पठाइने !

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रहरीले बरामद गरेको कुल मास्कमध्ये ५ लाख मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइने भएको छ ।  बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले स्वास्थ्यकर्मीका लागि ५ लाख मास्क दिने निर्णय गरेको हो । 
बैठक बाँकी मास्क साझा स्वस्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने निर्णय गरेको छ । यता प्रहरीले बुधबार मात्रै पनि सानो भर्‍यााङबाट १० लाख मास्कसहित गोरखाका युवराज न्यौपानेलाइ नियन्त्रणमा लिएको थियो । त्यसअघि शनिबार, आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: