
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको छ । सोमबार आफ्नै वेवसाइटमार्फत राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा प्रकाशित गरेको हो ।
१. समिक्षामार्फत राष्ट्र बैंकले घर कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ६० प्रतिशत कायम गरेको छ ।
२. २० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्ने वित्तीय संस्थाले ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्ने रकम तोकेको तोकिएकोछ । नयाँ ब्यबस्था अनुसार २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ ।
३. कोरोना भाइरसको संक्रमण कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ ।
४. २ करोडसम्म ऋण लिंदा अब करचुक्ताको तनाव नहुने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् जति रकम ऋण लिँदा पनि कर चुक्ताको प्रमाण पत्र अनिवार्य गरिएकोमा मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामार्फत उक्त व्यवस्थामा केहि लचकता राष्ट्र बैंकले देखाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्