×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामसुङ र एप्पल ब्राण्डका मोबाइल खरिद गर्दै हुनुहुन्छ ? यी बैंकहरुबाट पाईदैँछ सजिलै ऋण…!

अर्थ सरोकार

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार

PRIME CA

सामसुङ र एप्पल ब्राण्डका मोबाइल खरिद गर्दै हुनुहुन्छ ? यी बैंकहरुबाट पाईदैँछ सजिलै ऋण…!

काठमाडौं । बैंकहरुले अब मोबाइल किन्नका लागि ऋण दिने भएका छन्। विशेष गरी सामसुङ र एप्पलका प्रोडक्टका लागि वाणिज्य बैंकहरुले ऋण दिने भएका हुन्। यो व्यवस्था अनुसार सामसुङ कम्पनीका मोबाइल किन्ने ग्राहकले ग्लोवल आइएमई, नविल, लक्ष्मी, मेगा, कुमारी, सानिमा, नेपाल इन्भेष्मेन्ट, माछापुच्छ्रे र एनएमबी बैंकबाट सेवा लिन सक्नेछन्। यस्तै एप्पल कम्पनीका प्रडक्टमा इएमआई गर्ने वाणिज्य बैंकहरुमा सेञ्चुरी, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट, नबिल, ग्लोवल आइएमई, सिद्धार्थ, एनआइसी एशिया, एनएमबी, लक्ष्मी, मेगा र हिमालयन बैंक छन् । यी बैंकले न्यूनतम २० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म १ बर्षदेखि १८ महिनाका लागि कर्जा उपलब्ध गराउन थालेका हुन्।
सोहि सम्बन्धमा सामसुङ कम्पनीको र एप्पलले विभिन्न बैंकहरुसँग सम्झौता गरेका छन्। जस अनुसार शुन्य प्रतिशत डाउनपेमेन्टमा १ हजार रुपैयाँ सेवा शुल्क लिएर बैंकहरुले ऋण दिने व्यवस्था गरेका एप्पल कम्पनीको डिलर इभो स्टोरले जनाएको छ। यद्यपि बैंकहरुले महँगा मोबाइल मात्र नभई ल्यापटप खरिदका लागि पनि ऋण दिने थालेका छन्। पछिल्लो समय ग्राहकको रुचिमा परेको सामसुङ र एप्पलका प्रोडक्ट हुन् । 
एप्पलका अनुसार आइफोन ७ का लागि न्यूनतम ७६ हजार रुपैयाँ र आइफोन ११ प्रो म्याक्सका लागि अधिकतम २ लाख २७ हजार रुपैयाँसम्मका लागि बैंकहरुले इएमआई उपलब्ध गराउने जानकारी दिएको छ। म्याक बुक प्रो ल्यापटप (१ लाख ८३ हजार रुपैयाँदेखि ३ लाख ९) हजार रुपैयाँसम्मका ल्यापटपमा बैंकले शतप्रतिशत इएमआई गरिरहेका छन्। एप्पलका प्रडक्ट खरिदकर्ताहरुले मासिक ब्याजदर १० देखि १२ प्रतिशतसम्म तिर्नुपर्नेछ।
यता सामसुङ कम्पनीका प्रोडक्ट खरिद गर्नेले भने अधिकतम १ लाख १२ हजार रुपैयाँसम्म ३ महिनादेखि १८ महिनाका लागि कर्जा सापटी पाउनेछन्। बैंकहरुले विभिन्न किसिमका कर्जा दिँदै आइरहेका छन्। पछिल्लो सयम सुविधाहरुलाई थप गर्दै मोबाइल, ल्यापटप खरिदमा पनि कर्जा दिन थालेका हुन् । यससँगै अब महंगा मोबाइल प्रयोग गर्न चाहानेहरुले पनि सजिलै चलाउन पाउनेछन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: