काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा नेप्से ४०.८२ अंकले घटेर १५९१. ३६ बिन्दुमा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८४ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार एनएमबि बैंककोभएको छ । यस कम्पनीको कुल २६ करोड ६३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि सबैभन्दा बढी कारोबार ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ।
यता, आइतबार फाइनान्स उपसूचक बढेका छन्म भने बाँकी सबै उपसूचक घटेका छन्। त्यसैगरी सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंक, मन्जुश्री फईनान्स र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै बोटलर्स नेपाल (तराई) , स्वाभिमान लघुवित्त र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्