Skip to content
LAXMI SUNRISE BANK

आइतबारदेखि नबिल बैंकले २० लाख इकाई ऋणपत्र बिक्री गर्ने : वार्षिक १०% ब्याज पाइने, कहाँबाट भर्ने आवेदन ?

अर्थ सरोकार

काठमाडौं – नबिल बैंक लिमिटेडले चैत २ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त ऋणपत्र बिक्री खुला गर्न लागेको हो। ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
नबिलले ८ लाख इकाई सर्वसाधारणहरुलाई बिक्री गर्ने छ भने बाँकी १२ लाख इकाई आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ । बैंकको उक्त ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले खरिद गर्नुपर्नेछ भने न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ ।
सो ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यपिटल मार्केट नियुक्त भएको छ। लगानीकर्ताले यसमा चैत ५ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत १६ गतेसम्म आवेदन दिन पाइनेछ । साथै यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK