काठमाडौं – नबिल बैंकको २० लाख कित्ता ऋणपत्र चैत २ गतेदेखि आउने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्न लागेको हो । जारी हुने ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १२ लाख कित्ता ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । लगानीकर्ताले यस ऋणपत्रमा चैत ५ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत १६ गतेसम्म आवेदन दिन पाइनेछ ।
यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केटले गर्नेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले पर्याप्त मात्रमा सुरक्षित जनाउने इक्रा एनपी एल डबल ए माइनस रेटिङ प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्