×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणपत्रमा लगानी गर्ने अवसर : नबिल बैंकको २० लाख इकाई ऋणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याजदर ?

LAXMI SUNRISE BANK

ऋणपत्रमा लगानी गर्ने अवसर : नबिल बैंकको २० लाख इकाई ऋणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याजदर ?

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नबिल बैंक लिमिटेडको आज (आइतबार)बाट २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री खुला भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त ऋणपत्र बिक्री खुला गरेको हो । ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गरेको हो। 
बिक्री खुल्ला गरेको २० लाख इकाई ऋणपत्रमध्ये नबिलले ८ लाख इकाई सर्वसाधारणहरुलाई बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाई आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ । बैंकको उक्त ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले खरिद गर्नुपर्नेछ भने न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ ।
सो ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यपिटल मार्केट नियुक्त भएको छ। लगानीकर्ताले यसमा चैत ५ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत १६ गतेसम्म आवेदन दिन पाइनेछ । साथै यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी