
काठमाडौँ – जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली पास बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बाँके उपमहानगरालिका–११ निवासी राजु कोरोसीलाई आइतबार पक्राउ गरेको हो । नेपाल सरकारले कोभिड–१९ प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि यही चैत ११ गतेदेखि १८ गतेसम्म गरेको लकडाउनको समयमा धेरैले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट पास लिइरहेको अवसर पारेर उनले नक्कली पास बनाएको भेटिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।
उनले ग१ज ६३९८ नंको बलेरो जिपको सुर्खेत–नेपालगञ्ज रुटको नक्कली पास बनाएको रायमाझीले बताउनुभयो । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित नारायण पेट्रोलपम्पमा पेट्रोल भर्न जाँदा त्यहीँबाट कोरोसीलाई पक्राउ गरिएको उहाँको भनाइ छ । व्यक्ति र बलेरो दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्